काठमाडौं- नेपालमा एकै दिन ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत २४ घण्टामा नेपालमा एक महिला सहित १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
काठमाडौं सहित ११ जिल्लामा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा गरी १/१ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
यसअघि बिहिबार ६ जना संक्रमितको मृत्यु भएको थियो ।
आज थपिएका ११ जनासहित नेपालमा कोरोना संक्रमितमध्ये १३७ जनाको मृत्यु भएको छ।