काठमाडौं- एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनको संयुक्त बैठक बसी निजी अस्पताललाई अपमानित गर्ने र स्वास्थ्यकर्मीको मनोबल घटाउने व्यवहार बन्द गर्न भनेका छन्।
शुक्रबार बसेको बैठकले गरेको निर्णयमा भनिएको छ- नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोबल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनी नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो।
मुलुकमा कोभिड १९ को महामारीको चपेटामा रहेका बेला अफिन तथा नेपाल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरी सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको निर्णयमा उल्लेख छ।
सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि बैठकमा समीक्षा गरिएको छ।
निर्णय :
१. मुलुकमा कोभिड-१९ को महामारीको चपेटामा रहेको बेला एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) तथा नेपाल मेडिकल एशोसियसन अत्यन्त चिन्तित रहेको र राष्ट्रसँग हातेमालो गरि सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको व्यहोरा व्यक्त गरियो।
२. नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आ(आफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको तर सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नगरेको विषयमा पनि समिक्षा गरियो।
३. राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको र यस्तो भयावह स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरियो । साथै नेपाल सरकारले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरि सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गरोस् भनि नेपाल सरकारलाई जानकारी गराउने निर्णय गरियो ।
४. कोभिड(१९ महामारीको यो स्थितिमा एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसन सम्पूर्ण नेपालीहरु उपचारमा दत्तचित्त रहेको र आप्mनो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त गरियो ।
