काठमाडौं- वीरगञ्ज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।
मृत्यु भएका पर्सा बहुदरमाई नगरपालिका ६१ वर्षीय पुरुष शनिबार बिहान ७ बजे र वीरगञ्ज महानगरपालिकाका ५८ वर्षीय पुरुष शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालकी मेट्रोन भूमिका अधिकारीले जानकारी दिइन्।
अस्पतालका अनुसार ५४ वर्षीय पुरुष भदौ ५ गते श्वासप्रश्वासको समस्या लिएर आइसोलेसनमा भर्ना भएका थिए। उनी मिर्गौलाका बिरामी थिए।
त्यस्तै ६१ वर्षीय पुरुष भदौ ४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। उनी दम, मुटु रोग र उच्च रक्तचापका बिरामी थिए।