काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा खटिएका सात जना सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ।
नेपालको सचिवालयले सात सुरक्षाकर्मीमो कोरोना भाइरस संक्रमण भएको जनाएको छ। पूर्वप्रधानमन्त्री नेपालको परिवारसहित सुरक्षामा खटिएका सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएकोमा शुक्रबार राति नतिजा आएको थियो। जसमध्ये ७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो।
माधव नेपाल लगायत उनका परिवारका अन्य सदस्यलाई भने संक्रमण नदेखिएको बताइएको छ।
कोरोना संक्रमण देखिएका सुरक्षाकर्मीमध्ये एक जना नेपाल प्रहरी हुन् भने बाँकी ६ जना सशस्त्र प्रहरी रहेको सचिवालयले जनाएको छ।