काठमाडौं- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ।
प्रसूति गृहका ६ जना र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का २ जना रेजिडेन्ट चिकित्सकलाई संक्रमण भएकाे हो।
अस्पतालकी निर्देशक डा संगीता कौशल मिश्रले ८९ जना कर्मचारीको परीक्षणका लागि नमुना संकलन गरी परीक्षण गरीएको जानकारी दिइन्।
त्यसबाहेक अस्पतालको काउण्टरमा काम गने कर्मचारीलाई पनि संक्रमण देखिएछि त्यहाँ कार्यरत अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दा उनीहरुलाई पनि संक्रमण देखिएको थियो।