काठमाडौं- चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचाररत २ जना संक्रमितको मृत्यु भएको हो।
२ जनामध्ये एक जनाको भने मृत्युपछि कोरोना पोजिटिभ आएको हो।
अस्पतालका अनुसार हेटौँडा-३ निवासी ६५ वर्षीय महिलाको उपचारका क्रममा साँझ ७:२६ बजे मृत्यु भएको हो।
यस्तै अस्पतालमा आइसियुमा उपचारका क्रममा ४ गते राती १०:३० बजे मृत्यु भएका हेटौंडा-४ का ५६ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। उनको मृत्युपछि आज मात्र रिपोर्ट आएको हो।
यो सहित नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या १४८ पुगेको छ।