काठमाडौं- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आकस्मिक विभागका ३९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो। संक्रमण देखिएका स्वास्थ्यकर्मी केही दिनदेखि होटल क्वारेन्टाइनमा थिए।
संक्रमण देखिएपछि उनलाई प्रतिष्ठानको आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ।
गण्डकी प्रदेशमा हालसम्म १८८० जनामा कोरोना पोजिटिभ देखिएको छ।
