काठमाडौं - नेपालमा गत २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृततको संख्या १ सय ४९ पुगेको छ ।
३ वटा जिल्लामा गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । झापाका ५८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका २२ वर्षीया महिला गरी तीन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको यो तथ्यांकमा आइतबार दिउसो बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पतालमा मृत्यु भएका २ जना संक्रमितको संख्या भने समावेश छैन।
यसअघि शनिबार नेपालमा एकै दिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।