काठमाडौं– कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर ३ हजार ९ सय ४३ जना संक्रमित होम आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार २ सय ७ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा २८६, प्रदेश १ मा २७३, बागमती प्रदेशमा १११, सुदूरपश्चिम प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सबैभन्दा थोरै गण्डकी प्रदेशमा १८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
होम आइसोलेनसमा बस्नेको संख्या शनिबार ३ हजार ९ सय १६, शुक्रबार ३ हजार ५ सय ८६, बिहीबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना थियो।