काठमाडौं– केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ४७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
१० जना भेन्टिलेटरमा र १३७ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक रहेको छ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जना र १० जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै प्रदेश २ मा ४९, प्रदेश ५ मा १६, प्रदेश १ मा १७ जना र गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
शनिबार १ सय ४७ ,शुक्रबार १ सय ४८ जना, बिहिबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।