काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। गत २४ घण्टामा मात्र ८ सय १८ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
४१ जिल्लाका २ सय २० महिला र ५ सय ९८ जना पुरुषा गरी ८ सय १८ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश १ को ३ वटा जिल्लाका ५९ जनामा कोरोना पुष्टि भएको छ। झापाका १०, मोरङका ५० र सुनसरीका ९ जनामा पुष्टि भएको हो।
प्रदेश २ को ८ वटा जिल्लामा ३ सय ९० जनामा कोरोना भेटिएको छ। धनुषामा ६०, पर्सामा १ सय ३९, बारामा ३९, महोत्तरीमा ३४, रौतहटमा ९, सप्तरीमा ४, सर्लाहीमा ९१ र सिराहामा १४ जनामा कोरोना भेटिएको हो।
२४ घण्टामा बागमतीमा प्रदेशमा २ सय ५ जना संक्रमित भेटिएका छन्। १० वटा जिल्लामा गरी २ सय ५ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १ सय २६, काभ्रेमा २७, दोलखामा ६, धादिङमा १, भक्तपुरमा २८, मकवानपुरमा १, रसुवामा १, रामेछापमा २, ललितपुरमा १२ र सिन्धुलीमा १ जना संक्रमित भेटिएका छन्।
यस्तै, गण्डकी प्रदेशमा ३ वटा जिल्लामा १३ जना संक्रमित फेला परेका छन्। कास्कीमा ५, नवलपरासी पूर्वमा मा २ जना संक्रमित फेला परेका हुन्।
प्रदेश ५ को १० वटा जिल्लाका १ सय १ जनामा कोरोना पुष्टि भएको छ। अर्घाखाँचीका १२, कपिलवस्तुका ११, नवलपरासीका ३०, पाल्पा र प्युठानका २/२, बर्दियाका २, बाँकेका ११, रुकुम पूर्वका १, रुपन्देहीका २८ र रोल्पाका १ जनामा कोरोना पुष्टि भएको हो।
गत २४ घण्टामा कर्णाली प्रदेशको २ वटा जिल्लामा ८ जनामा कोरोना पाइएको छ। जुम्लाका २ र रुकुम पश्चिमका ६ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।
सुदूरपश्चिमको पाँच वटा जिल्लामा कोरोना भेटिएको छ। अछाममा २३, डडेल्धुरामा २, दार्चुलामा १, बझाङमा ३ र बैतडीमा ४ जनामा गरी ३३ जनामा कोरोना भेटिएको हो।
कुल संक्रमितमध्ये १३ हजार १ सय ५५ जना सक्रिय संक्रमित छन्। जसमध्ये ९ हजार २ सय १२ जना संस्थागत होम आइसोलेसनमा छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या ६ लाख ४ सय ४४ पुगेको छ। क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या ११ हजार ४ सय १४ पुगेको मन्त्रालयले जनाएको छ।