काठमाडौं- नेपाल चिकित्सक संघले कोभिड उपचारको फ्रन्टलाइनमा खटिएका संघका आजीवन सदस्य संक्रमित भए सहयोगका लागि टोली गठन गरेको छ। संघको भदौ ४ गते बसेको कार्यकारिणी समितिको बैठकले समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई सहयोगका लागि जिम्मेवारी सुम्पिएको हो।
कोभिडको रोकथाम तथा उपचारका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भई अस्पताल भर्ना हुने क्रम बढेपछि संघले टोली गठन गरेको हो।
संघले विषम समयमा ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा खटिएका संघका संक्रमित आजिवन सदस्यहरुको उद्दार, उचित व्यवस्थापन र सहज उपचारका लागि सहयोग गर्न विभिन्न जिम्मेवारी सहितको ८ वटा टीम बनाइ जिम्मेवारी दिएको छ।
संघका महासचिव डा बद्री रिजालका अनुसार,आकस्मिक यातायता तथा एम्बुलेन्स सेवाको व्यवस्थापन मिलाउन डा रितेश थापालाई जिम्मेवारी दिइएको छ।त्यसैगरि, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र चिकित्साशास्त्र अध्ययन संस्थानमा आइसियु, कोभिड बेडको सहजीकरणका लागि डा लिजन महर्जनलाई जिम्मा दिइएको छ।
सरकारी अस्पतालहरुसँग समन्वय गरी आइसियु र कोभिड वेड व्यवस्थापन गर्ने जिम्मेजवारी संघका कोषाध्यक्ष डा प्रकाश बुढाथोकीलाई दिइएको छ।
निजी अस्पताल, निजी मेडिकल कलेज र निजी अस्पतालहरुको छाता संस्था अफिनसँग समन्वय गर्ने आइसियु, कोभिड बेड व्यवस्थापनको जिम्मेवारी डा विश्व दवाडी र रितेश थापालाई दिइएको छ। ज्वाइन्ट ¥यापिड रेस्पोन्स टीमको जिम्मा डा सन्जीव तिवारीलाई जिम्मा दिइएको छ।
यस्तै, प्रदेश १ मा डा विपेश आचार्य, प्रदेश २ मा डा निरजकुमार सिंह, बागमती प्रदेशमा डा अनिल विक्रम कार्की, गण्डकी प्रदेशमा डा विश्व राज दवाडी, प्रदेश ५ मा डा नन्दकुमारी गुरुङ, कर्णाली प्रदेशडा मा डा रितेश थापा र सुदुरपश्चिम प्रदेशको जिम्मा डा प्रमोद जोशीलाई दिइएको छ। सबै कोभिड सम्बन्धी गतिविधि र तथ्यांक अभिलेख गर्ने जिम्मा महामसचिव डा बद्री रिजाललाई दिइएको छ।
.jpg)