काठमाडौं- ललितपुरमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बिहान ७ बजेसम्म थप १४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार थप ८ जना महिला र ६ जना पुरुषमा संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये ९ जना ललितपुर महानगरपालिकाका छन्। त्यसपछि क्रमश: महालक्ष्मी नगरपालिकामा ३, गोदावरी नगरपालिका र महांकाल गाउँपालिकामा १/१ जनामा कोरोना संक्रमण देखिएको हो।
आइतबार ललितपुरमा १२ जनालाई कोरोना संक्रमण देखिएको थियो।
जिल्लामा हालसम्म १९६ महिला र २७३ पुरुष गरि ४६९ जनामा कोरोना संक्रमण देखिएको छ।