काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २२४ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८६ पुगेको छ।
काठमाडौंमा २ हजार ७५६, ललितपुरमा ४४४ र भक्तपुरमा २८६ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घन्टामा देशभर ७४३ जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी आज ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १५७ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए।
२४ घण्टामा १७५ जना डिस्चार्ज भएसँगै १८ हजार ८०६ जना संक्रमणमुक्त भएका छन्।