काठमाडौं- कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ सय ५३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १५ जना संक्रमित भेन्टिलेटरमा र १३८ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ५७ जना र १५ जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै, प्रदेश २ मा ४६, प्रदेश ५ मा १४, प्रदेश १ मा १८ र गण्डकी प्रदेशमा ३ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
आइतबार १ सय ४७, शनिबार १ सय ४७, शुक्रबार १ सय ४८ जना, बिहीबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।