काठमाडौं – लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमितको उपचारका लागि कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी दिन सुरु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालको छुट्टै आइसोलेशन केन्द्र (धागो कारखानामा रहेको) कोभिड आइसियुमा रहेका बिरामीमा प्लाज्मा इन्फ्युजन(प्लाज्मा थेरापी) दिएर सेवा सुरु भएको कन्भ्यालिसेन्ट प्लाज्मा उपचारका कोअर्डिनेटर डा सम्राट पराजुलले जानकारी दिए।
उनका अनुसार प्लाज्माका लागि सोमबार बिहान आस्पतालको एनआसियुमा कार्यरत चिकित्सक डा साजन श्रेष्ठले आफ्नो रगत दान गरेका हुन। डा साजन कोरोना पोजिटिभ आएर पनि निको भइसेका छन्।
डा साजनले दान गरेको रगतबाट प्लाज्मा बनाएर अस्पतालमै आइसियुमा उपचाररत एक ७० वर्षीय महिलामा चढाइएको छ।
डा पराजुलीका अनुसार सोमबार दिउसो १ः३५ मा संक्रमित ७० वर्षीय महिलामा प्लाज्मा दिएर प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो।
यसका साथै ती महिलालाई रेम्डिसिभिर औषधि पनि दिइएको छ।
