काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ६३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १३ जना भेन्टिलेटरमा र १५० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ६० जना र १३ जना भेन्टिलेटरमा रहेका छन् ।
त्यस्तै प्रदेश २ मा ४४, प्रदेश ५ मा १७, प्रदेश १ मा २६ जना र गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
सोमबार १ सय ५३, आइतबार १ सय ४७, शनिबार १ सय ४७ ,शुक्रबार १ सय ४८ जना, बिहिबार १ सय ३६ जना, बुधबार १ सय ३७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत थिए।