काठमाडौं- ललितपुरका ६ वटै स्थानीय तहका प्रमुखले कोरोना संक्रमितको उपचारमा अग्रमोर्चामा खटिरहेका स्वास्थ्यकर्मीलाई सम्मान तथा आदरपूर्वक व्यवहार गर्न अपिल गरेका छन्।
संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी समेत संक्रमित भइरहेको समयमा उनीहरुलाई बसोबास गर्ने क्षेत्र, निजी निवास तथा होस्टलहरुमा स्थानीय जनता लगाएत छिमेकीहरुबाट मानसिक तथा भौतिक सजाय समेत दिएका विषयमा ट वटै स्थानीय तहका प्रमुखले संयुक्त विज्ञप्ति निकाल्दै ध्यानकर्षण गरेका हुन्।
ललितपुर जिल्लाका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, महांकाल गाउँपालिकाका प्रमुख रामचन्द्र दाहाल, कोन्जोसोम गाउँपालिकाका प्रमुख गोपिलाल सिंतान र बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको सेवाको सम्मान गर्दै आदारपूर्वक व्यवहार गर्न अपिल गरेका हुन्।
