काठमाडौं– काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।
मंगलबार र बुधबार बसेको बैठकले सात दिन थप्ने निर्णय गरेको हो।
जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले काठमाडौं उपत्यकाभरि निषेधाज्ञाको समय बढाउन सिफारिस गरेको थियो। उपत्यकाका मेयरहरुले पनि निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए।
अब एक साता अर्थात् भदौ १७ गते राति १२ बजेसम्म उपत्यकामा निषेधाज्ञा कायम रहनेछ । निषेधाज्ञा कार्यान्वयन भएको बुधबार एक साता हुँदैछ।