काठमाडौं– लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु तौलीहवाका ५० वर्षीय पुरुषको बुधबार राती १०ः५५ बजे उपचारका क्रममा मृत्यु भएकोे अस्पतालका सुचना अधिकृत डा विष्णु गौतले जानकारी दिए।
संक्रमित पुरुषलाई भदौ ५ गते श्वासप्रस्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। सोही दिन गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना पोजिटिभ देखिएको थियो।
उच्च रक्तचाप र मधुमेहका समेत बिरामी उनको उपचारका क्रममा मृत्यु भएको हो।