काठमाडौं– पोखरामा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा एक जना संक्रमितको मृत्यु भएको हो।
प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-११ निवासी ३२ वर्षीया महिलाको आज बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई ७ गते अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।
प्रतिष्ठानमा हालसम्म उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।
