काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रुपन्देही, तिलोत्तमा नगरपालिका– २, जानकीनगर निवासी ७० वर्षीया महिलाको आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उनी साउन २६ गते कोभिड पोजेटिभ भई साउन ३१ गते अस्पतालमा भर्ना भएकी थिइन्।
श्वासप्रश्वासको समस्या लिएर अस्पतालमा भर्ना भएकी उनको कोभिड अस्पतालमा आइसियुको भेन्टिलेटरमा उपचार भइरहेको थियो। उनी प्रेसर र थाइराइडकी बिरामी समेत रहेको अस्पतालले जनाएको छ।