काठमाडौं- ललितपुरस्थित किष्ट अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
अर्घाखाँची स्थायी ठेगाना भएका काठमाडौंका ४८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
निमोनिया भएपछि उनलाई भदौ ८ गते अस्पताल भर्ना गरिएको कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए।
उनको गए राति पौने ८ बजे किष्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए।