काठमाडौं- पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ८३ पुगेको छ।
आठ वटा जिल्लाका ५ महिला र ३ पुरुष गरी आठ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।
काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष, कास्कीकी ३२ वर्षीय एक महिलाको मृत्यु भएको प्रवक्ता डा गौतमले बताए ।
यस्तै, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपालमा मृत्युदर शून्य दशमलव ५२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।