काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर १ सय ६४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार १७ जना भेन्टिलेटरमा र १४७ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७१ जना र १५ जना भेन्टिलेटरमा रहेका छन्। प्रदेश १ मा ११ जना आइसियु र २ जना भेन्टिलेटरमा रहेका छन्।
त्यस्तै प्रदेश २ मा ४४, प्रदेश ५ मा १८ र गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।