काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सिरहाका ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको ७ गते कोरोना पोजिटिभ देखिएको थियो। अत्यधिक खोकी, श्वास फेर्नमा समस्या, ज्वरोको समस्या देखिएपछि उनलाई ६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।
उनको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो।