पोखरा- पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका अनुसार महानगरपालिका-१६ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार अपरान्ह १२:१५ बजे मृत्यु भएको हो। श्वासप्रस्वासमा समस्या भएपछि उनलाई प्रतिष्ठानको कोभिड उपचा। केन्द्रमा आजै ल्याइएको थियो।
प्रतिष्ठानमा हालसम्म ६ जजना संक्रमितको मृत्यु भएको छ।
