काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार ८४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
सिरहाको भदैया ६ निवासी ती पुरुषलाई भदौ ७ गते कोरोना पोजिटिभ देखिएको थियो। अत्यधिक खोकी, श्वास फेर्नमा समस्या र ज्वरो आएपछि उनलाई ६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।
उनको शुक्रबार राती ११:२० मा उपचारका क्रममा मृत्यु भएको हो।