काठमाडौं– पाटन अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय ललितपुरले जनाएअनुसार पाटन अस्पतालमा उपचार गराइरहेका काठमाडौंका ५१ वर्षीय पुरुषको शुक्रबार राति १०:४० बजे मृत्यु भएको हो।
यस्तै, सोही अस्पतालमा उपचाररत भक्तपुरकी ६२ वर्षीया महिलाको आज शनिबार बिहान ६:४० बजे मृत्यु भएको कार्यालयले जनाएको छ।