काठमाडौं- पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।
प्रतिष्ठानका अस्पताल निर्देशक डा अर्जुन आचार्यका अनुसार पोखरा महानगरपालिका-१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे उपचारका क्रममा मृत्यु भएको हो। उनलाई आइसियुमा राखेर उपचार भइरहेको थियो।
भदौ ७ गते आकस्मिक एक्सप्लोरेटरी ल्याप्यारोटोमी शल्यक्रिया गरीएको ती पुरुषको ८ गते कोरोना परीक्षणका लागि नमुना लिइएको थियो। उनको १० गते कोरोना पोजिटिभ रिपोर्ट आएको थियो।
प्रतिष्ठानमा उपचारका क्रममा हालसम्म ७ कोरोना संक्रमितको मृत्यु भएको छ।
