काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सुनसरीकी ७४ वर्षीया महिला र सुनसरीकै ६० वर्षीय पुरुषको बिपी प्रतिष्ठानमा उपचारका क्रममा मृत्य भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए।
अस्पतालका अनुसार मृतक महिला एक हप्तादेखि लगातार खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएर भदौ १३ गते अस्पताल भर्ना भएकी थिइन्।
उनको भदौ आज पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।
उनी मधुमेह तथा उच्च रक्तचापकी बिरामी थिइन्। उनको आज बिहान ८ः३० बजे मृत्यु भएको हो।
त्यस्तै मृतक पुरुष १० दिनदेखि अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि भदौ १३ गते अस्पतालमा भर्ना भएका थिए।
उनको पिसिआर परीक्षण गर्दा आज कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।
उनी मधुमेहका बिरामी हुनुका साथै दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो। उनको पनि आजै बिहान ७ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।