काठमाडौं- लुम्बिनी प्रदेशिक अस्पतालको अस्थाई कोभिड अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल उपनगरपालिका– ५ निवासी ६७ वर्षीय पुरुषको अस्पतालको आइसोलेसमा उपचारको क्रममा आइतबार १२ः३० बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका अनुसार उनी आइतबार नै बिहान ४ः३५ कोरोना पुष्टि भई अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो र श्वासपप्रश्वासमा समस्या भएको अस्पताले जनाएको छ। उनी मुटु रोग, मधुमेह, प्रेसरका बिरामी थिए।