काठमाडौं- सरकारले कोरोना भाइरस परीक्षणमा तिर्नुपर्ने शुल्क परिमार्जन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अधिकतम शुल्क ४ हजार ४०० शुल्क तोकिएको बताए।
पहिले एक जना व्यक्तिले पिसिआर परीक्षण गर्न ५ हजार ५ सय रुपैयाँ तिर्नुपथ्र्यो।
उनले भने,‘बजारमा कीट लगायत परीक्षण सामग्रीको मुल्य घटेसँगै परीक्षण शुल्क पनि घटाइएको हो। पछि पनि शुल्क परिमार्जन भइरहन्छ।’
स्वास्थ्य मन्त्रालयले आजै देखि लागू हुने गरी नयाँ शुल्क लागु गरेको जनाएको छ।
देभभर ११ निजीसहित ४५ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पिसिआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजि प्रयोगशालामा सशुल्क कोरोना परीक्षण हुन्छ। तर, सरकारीमा निशुल्क परीक्षण पनि गरिन्छ।