काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ। गत २४ घण्टामा १ हजार २ सय २१ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
प्रदेश १ को इलाममा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, मोरङमा ४९, संखुवासभामा २ र सुनसरीमा ३३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४ र सिरहाका २६ जनामा कोरोना पुष्टि भएको छ।
बागमती प्रदेशको काठमाडौंका ३ सय ७२, काभ्रेका २५, चितवनका ९०, धादिङमा ३, भक्तपुरका ४५, ललितपुरका १२, मकवानपुरका ९, रामेछापमा १, सिन्धुपाल्चोकका २ र सिन्धुलीमा ५ जनामा कोरोना पाइएको मन्त्रालले जनाएको छ।
गत २४ घण्टामा गण्डकी प्रदेशमा गरिएको परीक्षणमा कास्कीका ५, गोरखामा ५, तनहुँमा ४, नवलपरासी पूर्वका २ र बाग्लुङमा ३ जनामा कोरोना भेटिएको छ।
प्रदेश ५ को अर्घखाचीमा ३, कपिलवस्तुमा २५, गुल्मीमा ६, दाङमा ५, नलवपरासीमा २१, पाल्पामा ८, प्युठानमा ५, बर्दियामा ६, बाँकेमा १४ र रुपन्देहीमा ६१ जनामा कोरोना भटिएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै, कर्णाली प्रदेशकोर सुर्खेतमा २, सुदूरपश्चिम प्रदेशको अछाम ८, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा ११, दार्चुलामा २, बझाङमा ४७ जनामा कोराना भेटिएको मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या ६ लाख ८२ हजार ३ सय ४३ पुगेको छ। देशभर हाल ७ हजार ७ सय ९७ जना व्यक्ति क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।