चितवन– भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको आज मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको आज बिहान ७:२० बजे मृत्यु भएको हो।
भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सास फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो।
योसँगै चितवनमा १३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा चितवनका छ जना रहेका छन्। तीमध्ये एक जनाको घरमै मृत्यु भएको हो भने अन्यको अस्पतालमा मृत्यु भएको थियो । यस्तै मकवानपुरका तीन, कैलाली, गोरखा, बारा र सुस्ता पूर्व नवलपरासीका एक/एक जना रहेका छन् ।
