काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
सिरहा मिर्चैयाका ६५ वर्षीय पुरुषको सोमबार साँझ पौने ८ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
१० दिनदेखि ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्यधिक टाउको दुख्ने समस्या भएका उनी विराट मेडिकल कलेजबाट रेफर भई प्रतिष्ठानको कोभिड अस्पतालमा भदौ १० गते भर्ना भएका थिए।
उनमा ९ भदौमा कोरोना पुष्टि भएको थियो।