काठमाडौं- गण्डकी प्रदेशमा १४ दिनको शिशुसहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गर्दा लमजुङका २६, नवलपुरका १०, बाग्लुङका १ र कास्कीका २ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जानकारी दिएको छ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारत १४ दिनको शिशुसहित ५ जना, अस्पतालमै कार्यरत एक जना कर्मचारी, ग्लोबल आइएमईमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर– ६ का २८ वर्षीया महिला पत्रकारमा संक्रमण देखिएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२ सय ५ पुगेको छ।