काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नियन्त्रण र उपचारमा आवश्यकता अनुसार छात्रवृत्ति करारमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीको पुस मसान्त म्याद थप गर्ने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक र स्वास्थ्यकर्मीको कार्यरत रहेको स्वास्थ्य संस्थाले कोभिड-१९ मा उनीहरुको आवश्यकता अनुसार करार म्याद सकिएको भएपनि पुस मसान्त सम्म म्याद थप गर्न सकिने नीतिगत निर्णय भएको जानकारी दिए।
उनले मन्त्रालयबाट पूर्वस्वीकृति लिई विगतका आर्थिक वर्षमा करारमा राखेका स्वास्थ्य संस्थाले पनि स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार पुस मसान्त सम्म म्याद थप गर्न सकिने बताए।
उनले कर्मचारी समायोजनमा संघ, प्रदेश र स्थानीय तहमा खटिएका र विगतमा जस्तै रमाना नलिइ समायोजन भएको स्थान नगएका स्वास्थयकर्मीलाई कोभिड-१९को लागि आवश्यकता भए सोही स्थानमा कार्यरत स्थानमा तलबभत्ता खुवाउन गरी काम लगाउन निर्देशन दिएको बताए।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले गत चैत ५ गते कै निर्णय लम्बाएको सहसचिव विष्टले जानकारी दिए।
उनले कोभिड-१९का कारण जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयले ५दिने सूचना आवाह्न गरी विभिन्न निकाय, पद र समुहमा दरखास्त माग गरी अन्तिम सूची तयार गरेको बताए। सोही अनुसारको जनशक्ति संघ, प्रदेश र स्थानीय निकायले माग गरेमा माग गरिएका स्थानमा आवश्यकता अनुसार परिचालन गरिने दिए।
कोभिड-१९को आइसोलन र क्वारेन्टाइनमा समेत स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने भएकाले लामो समय अनुभव भएका चिकित्सक, नर्स र प्यारामेडिक्सहरुलाई भोलिन्टेयर रुपमा काम गर्नका लागि आह्वान गरिएको उनले बताए।
उनले सरकारले स्वीकृत गरेको समायोजन पश्चात रिक्त रहेको पदहरुमा सरकारबाट सर्सत र निर्सत अनुदान पाएका स्वास्थ्य संस्थाहरुले छोटो र प्रतिस्पर्धी रुपमा जनशक्ति लिन सकिने व्यवस्था गरिएको जानकारी दिए।
सो सम्भव नभए एकमुष्ट रुपमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि स्थानीय निकाय र प्रदेशले मन्त्रालयमा माग गर्न जनाएकोछ ।
आवश्यक परेको खण्डमा मेडिकल कलेजका जनशक्ति, अन्य स्वास्थयका जनशक्ति र करारको जनशक्ति परिचालन गर्न र सोभन्दा अन्य जनशक्ति आवश्यक परेमा आवश्यक हेरीे स्वीकृत गर्ने मन्त्रालयले जनाएको छ।