काठमाडौं- बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक पुरुषको आज शुक्रबार बिहान ९ बजे मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका-८ निवासी ७८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनी ९ दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए।
भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएका उनलाई कोरोना पोजिटिभ देखिएपछि अस्थायी कोरना अस्पतालको आइसियुमा राखेर उपचार सुरु गरिएको थियो। तर अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।
