बुटबल– बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पताल भर्ना भएका थिए। ज्वरो र श्वासप्रश्वासको समस्या रहेका दुवैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो। रासस