चितवन- चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो। उनको आज बिहान ८ बजे मृत्यु भएको हो।
यससँगै जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। रासस