काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमतिको मृत्यु भएको छ।
कन्काई ३ झापाकी ४५ वर्षीया महिलाको उपचारका क्रममा आइतबार १०ः४५ बजे भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
सात दिन अगाडि कमजोरी तथा कब्जियतको समस्या भएका उनलाई दुई दिनदेखि ज्वरो र श्वासप्रश्वासमा कठिनाइ भएको थियो। परीक्षण गर्दा निमोनिया देखिएपछि उनी मेची अस्पतालबाट रिफर भई भदौ १८ गते प्रतिष्ठान आएका थिइन्।
अस्पतालमा आउँदा उनको अवस्था गम्भीर भएकोले भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
उनको भदौ १८ गते कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ। उनी मधुमेहकी बिरामी समेत थिइन्।