काठमाडौं– चितवनस्थित भरतपुर अस्पतालका १० जना कोरोना संक्रमित स्वास्थ्यकर्मी उपचार पछि संक्रमणमुक्त भएका छन्।
सोमबार पिसिआर परीक्षण गर्दा उनीहरुको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाकारी दिएको छ।
२० दिन अगाडि कोभिड संक्रमित बिरामीको सेवामा लाग्दा भरतपुर अस्पतालका मेसु सहित १३ जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए। संक्रमितको सेवामा खटिँदा आफैं संक्रमित भएका उनीहरु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत थिए।
अस्पतालका मेसु श्रीराम तिवारी ३ दिन अगाडी कोरोनाबाट संक्रमणमुक्त भइ घर फर्किसकेका छन् । १० जना स्वास्थ्यकर्मी भने सोमबार डिस्चार्ज भएका हुन्।