काठमाडौं- भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। मिर्गौला फेल भएर भरतपुर अस्पतालमा डायलाइसिस गरिरहेका संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
नवलपुर जिल्ला देवचुली नगरपालिका-१ बस्ने ६४ वर्षीय पुरुषको मंगलबार साँझ ५:३० बजे उपचारका क्रममा मृत्यु भएको हो। मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका ती पुरुषमा १७ गते कोरोना संक्रमण देखिएको थियो। उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालको आइसियुमा उपचाररत उनको दीर्घ मिर्गौला रोग, उच्च रक्तचाप र कोभिड-१९ निमोनियाको संक्रमणका कारण निधन भएको अस्पतालले जनाएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको मृत्युसँगै प्रदेशमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको जनाएको छ।