काठमाडौं – उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्श पछि खुकुलो बनाउने निर्णय गरेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकाको आन्तरिक सवारी जोरबिजोर प्रणालीबाट व्यस्थित गर्ने र खाद्यान्न लगायत अत्यावश्यक सामग्रीका पसल दिनभर खोल्न पाइने निर्णय भएको बताए।