काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीलाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले भरतपुर अस्पतालका डा तिवारीलाई केन्द्रीय कारागार अस्पतालको प्रमुखको जिम्मेवारी दिएको मन्त्रालका प्रशासन सहसचिव रघुराम विष्टले जानकारी दिए।
यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा कृष्णप्रसाद आचार्यलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको निर्देशकको जिम्मेवारी दिएको छ।
मन्त्री ढकालले डा आचार्यलाई निर्देशकको जिम्मेवारी दिएको मन्त्रालका प्रशासन सहसचिव विष्टले जानकारी दिए। डा आचार्य भेरी अस्पताल बाँकेका एनेस्थेसियोलोजिष्टका रुपमा कार्यरत थिए।