बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
नवलपरासी जिल्ला सुस्ता-५ निवासी ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
भदौ १९ गते अस्पतालको कोरोना अस्थायी विशेष अस्पतालमा भर्ना भएका उनको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो।
स्वास्थ्य अवस्था गम्भीर रहेका उनको अस्पतालको आइसियुमा उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै कलेजोको दीर्घ रोग, मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो।
