ललितपुर- काठमाडौं उपत्यकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
भक्तपुरका कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो।
ललितपुर स्वास्थ्य कार्यालयका अनुसार मेघा अस्पतालमा उपचाररत ३८ वर्षीय पुरुषको शनिबार बिहान ७:४० मा उपचारका क्रममा मृत्यु भएको हो।
२६ गते शुक्रबार अस्पताल भर्ना भएका ३८ वर्षीय कोरोना संक्रमितको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।