काठमाडौं–पश्चिमान्चल क्षेत्रीय अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्याङजाको पुतलीबजार नगरपालिका १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान ६.३२ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जनाएका छन्। उनका भदौ २४ गते कोरोना पुष्टि भएको थियो।
योसँगै अस्पतालमा १० जना कोरोना संक्रमितको मृत्यु भइसकेकाे छ।