काठमाडौं- पाटन अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र भक्तपुरका एक एक संक्रमितको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राती ९:४५ बजे र काठमाडौंका ५१ वर्षीय पुरुषको शनिबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो।
आजै बिहान ललितपुरको मेघा अस्पतालमा थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ।
